चौबन्दी फुटवल क्लव र पाथीभरा विजयी

  सरलपाटी संवाददाता

 742 पटक हेरिएको

इलाम इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको सहिद स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा चौबन्दी फुटवल क्लव र पाथीभरा क्लव विजयी भएका छन् । आज भएको खेलमा चौबन्दी फुटवल क्लवले र मुनाल फुटवल क्लवमाथि एक–० ले विजयी हुदै क्वाटरफनइनल जितेको हो भने पाथीभराले टाइब्रेकरमा घुर्पिसे पञ्चमीमाथि जीत निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
यस्तै भोलि हुने खेलमा आयोजक बी र टुर्बोर्ग फुटवल क्लव एक साथ भिड्ने छन् भने माइपोखरी फुटवल क्लव र फाल्गुनन्द फुटवल क्लवको भेट हुने आयोजक समितिका सचिव सुमन दियालीले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद ५० रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।सोही प्रतियोगिताको अवसरमा ४० वर्ष उमेर माथिका टिमको सहभागिता रहने गरी भ्याट्रन फूटबल प्रतियोगिता समेत संचालन हुनेछ ।
देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार