भीरबाट लडेर एक जनाको ज्यान गयो

  सरलपाटी संवाददाता

 1858 पटक हेरिएको


इलाम।इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ ।
मंगलबार ९ बजेदेखिनै घरमा सम्पर्क विहीन भएका ५४ वर्षीय बेलबहादुर गुरुङ्गलाई खोजी गर्ने क्रममा बुधबार साँझ पुवामझुवाकै अप्ठ्यारे भीरमा घेटिएको वडाध्यक्ष तीर्थ गुरुङ्गले जानकारी दिए । भीर माथि साघुँरो बाटो भएकाले हिड्ने क्रममा लडेको हुन सक्ने अनुमान गरिएको छ । बाटोबाट एक सय मिटर तल शव भेटिएको थियो । विहीबार प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले आवश्यक मुचुल्का गरेर पोष्टमार्टमका लागि शव इलाम अस्पतालमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार