क्रान्तिकारीको हड्तालले शैक्षिक संस्था बन्द

  सरलपाटी संवाददाता

 574 पटक हेरिएको


इलाम÷आफ्नो कोषाध्यक्ष पक्राउ परेको विरोधमा ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालका कारण इलामका शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।
इलामका निजी विद्यालयहरु बन्द भएका छन् । सरकारी विद्यालयहरु पनि आंशिक रुपमा मात्र खुलेका छन् । काठमाण्डौं जाने क्रममा विराटनगरमा गोलीसहित पक्राउ परेका अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई निर्शत रिहाईको माग राख्दै बन्द आव्ह्रान गरिएको हो ।
नरेन्द्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा माओवादीका खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार