
इलाम/शेर्पाज साइबर एण्ड कम्प्युटर सप्लायर्सका प्रोपाइटर लाप्साङ शेर्पाले विहीबार जिल्ला अस्पताललाई निःशुल्क टिभी प्रदान गरेका छन् ।
अस्पताल रोडमा लामो समयदेखि कम्प्युटर तथा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका शेर्पाले ३२ इन्चको लिड टिभी अस्पताललाई दिएका हुन् ।
जिल्ला अस्पतालमा सञ्चालन हुन लागको प्रसुती गृह उद्घाटनको अवसरमा युवा व्यवसायी शेर्पाले अस्पतालका प्रमुख डा. पवनजङ्ग रायमाझीलाई हस्तान्तरण गरेका छन् ।


1776 पटक हेरिएको 






