इलाम/भारतको पश्चिमबंगाल राज्यको बोलपुरब स्थित टेक्नो इण्डिया ग्रुपले सञ्चालन गरेको टेक्नो इण्डिया पब्लिक स्कुलका विद्यार्थी नेपाली संस्कृति सिक्नको लागि इलाम आएका छन् ।
बिट्रिस काउन्सीलको सहयोगमा चलिरहेको आइएसए परियोजना अन्तर्गत अन्य देशमा रहेको संस्कृतिको बारेमा ज्ञान दिलाउन उनी इलाम आएका हुन् । इलाममा उनीहरुले नेपाली संस्कृति, यहाँको भौगोलिक अवस्थामा बारेमा समेत जानकारी लिनेछन् । तीन दिनको लागि यहाँ आएका उनीहरुले मंगलबार जुविलेन्ट इलाइटमा आयोजित कार्यक्रममा एक अर्काको संस्कृति साटासाट गरे ।
जुविलेन्टका विद्यार्थीहरुले नेपाली सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नेवारी, साकलेला जस्ता परम्परागत शैली लगायत नेपाली गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए भने नेपाली गीतहरु गाएका थिए । बोलपुरका विद्यार्थीहरुले आसाम, नागाल्याण्ड, भुटानका लोक सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । त्यस्तौ उनीहरुले बंगाली हिन्दी र नेपाली भाषामा समेत गीत गाए । जुविलेन्टमा प्रिन्सिपल भुषान्त सुब्बाले बंगाली भाषाका गीतहरु गाउँदा उनीहरु मख्ख परे ।
गायक कुवेर राईले समेत हिन्दी गजल सुनाए । यहाँ आयोजित कार्यक्रमबाट आफुहरु धेरै प्रभावित भएको कार्यक्रमकी एक संयोजक नर्मता मुखर्जीले बताइन् । ‘हाम्रो परियोजना अन्तर्गतको काम भएकोले हामी तयारी गरेर यहाँ आएका थियौ, यहाँको प्रस्तुती हामीले सोचेभन्दा कयौ गुणा राम्रो भयोÕ–मुखर्जीले भनिन्–‘वंगाली भाषाका परम्परागत गीत यहाँ सुन्न पाउँदा मख्ख प¥यौ ।Õ कार्यक्रम संयोजकले आफुहरुले हिमाली देशको बारेमा पनि विद्यार्थीले जानुन भनेर संस्कृति आदान प्रदान कार्यक्रम बनाएको बताइन् । ‘नेपालको बारेमा हामीले इन्टरनेटको माध्यमबाट समेत सिकाउन सक्थ्यौ तर, विद्याथीइले दोसे देशका बारेमा त्यो देशको सस्कृतिका, भावना, भाषा, संगीत नृत्यका बारेमा आफै अनुभव गरेर जनुनु भनेर हामी यहाँ आएका हौ ।Õ
जुविलेन्टका प्रिन्सिपल भुषान्त सुब्बा सास्कृतिक आदान प्रदान गर्ने कार्यक्रम आफ्नो विद्यालयको लागि ठूलो अवसर रहेको बताए । ‘यो कार्यक्रमबाट हामीले नेपाली संस्कृति देखायौÕ–उनले थपे–‘भुटान सम्मका संस्कृतिका बारेमा समेत जान्ने मौका पायौ ।Õ सास्कृति आदान प्रदानका बारेमा उनीहरुले समेत निम्तो गरेकाले त्यहाँ जान इच्छुक रहेका सुब्बा बताउँछन् । भारतीय शिक्षक र विद्यार्थीलाई यहाँको भौगोली अवस्थाका बारेमा समेत जानकारी गराइन्छ । त्यस्तै शिक्षकहरुका बीच अन्तरक्रिया गर्ने, भिडियो कन्फ्रेन्स गर्ने लगायतका कार्यक्रमरु हुनेछन् ।