इलाम।एक १५ वर्षीया किशोरीलाई बलात्कारको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
माई नगरपालिका वडा नं. ३ मा मजदुरी काम गर्दै आएका २६ वर्षीय भारतीय नागरिक मर्सिद खानले सोमबार एक १५ वर्षीया युवतीलाई विद्यालय जाँदै गरेको बेला बलात्कारको प्रयास गरेका थिए । भारतीय नागरिक खानलाई प्रहरीले पक्राउ गरेको छ ।