आगलागी पीडितलाई इन्स्योरेन्सको राहत

  सरलपाटी संवाददाता

 1012 पटक हेरिएको

आई.एम.ई लाइफ इन्सुरेन्स इलाम शाखाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । शाखाले सूर्योदय नगरपालिका वडा नम्बर पाँच समालबुङ्ग ओरेन्ज टोलमा राहात वितरण गरेको शाखा प्रमुख देवेन्द्र कोइरालाले जानकारी दिए । पीडितहरु योगेश लिम्बू र बलराम लिम्बूलाई सहयोग गरेको उनले जानकारी दिए ।लिम्बूद्वयको घर गत मंसीर महिनामा लागेको आगोका कारण जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उनीहरुलाई शनिबार निजीनिवासमै पुगेर २० हजार संयुक्त रुपमा वितरण गरिएको हो ।

वडा अध्यक्ष प्रेम बहादुर तामाङ्ग तथा टोल अध्यक्ष खम्वसिंह राईको उपस्थितीमा भएको राहात वितरण कार्यक्रममा शाखा प्रमुख कोइराला, एजेन्सि मेनेजरहरु श्याम खड्का, कमल घिमिरे, प्रकाशमान सिंह खड्का, कमल कुमार घिमिरेले संयुक्त रुपमा राहत रकम हस्तानान्तरण गरेका थिए ।कार्यक्रमको अवसरमा शाखा प्रमुख कोइरालाले जीवन विमाको महत्व र आवश्यक्ता बारेमा टोलबासीहरुलाई परमर्श समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार