पूर्व जनमुक्ति सेना नेपालको प्रथम इलाम जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले ताराबाबू सुवेदीको अध्यक्षतामा ५१ सदस्य जिल्ला समिति निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा चहकमान राई पथ्थर सुमन दियालिसजन नमुना शंकर र सागर प्रधान एडमिन सचिव सुस्मा घिमिरे भावना सहसचिव आषिस राई बिनय कोषाध्यक्ष राजु लोक्ताम सहकोषाध्यक्ष सृजना राई निर्वा्चित भएका छन् ।
जिल्ला समन्वय समिति इलामको समीक्षाहलमा सम्पन्न भेलामा पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं.१ का अध्यक्ष राजेश राई बिमलको प्रमुख आतिथ्यता,जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, विशिष्ठ अतिथि नेकपाका जिल्ला अध्यक्ष भक्त कसीे लगायतका अतिथिको उपस्थिति थियो ।
राजनैतिक परिवर्तनको संवाहक जनमुक्ति सेनाहरुको योगदान उच्च रहेको र राज्यले सम्मान र उचित व्यवस्थापन गर्नु पर्ने धारणा बोल्ने क्रममा वक्ताहरुले राखेका थिए ।