जबरजस्तीकरणी घटनाका दोषीलाई १२ वर्ष कैद

  सरलपाटी संवाददाता

 799 पटक हेरिएको

पाँचथर/१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फालेलुङ गाउँपालिका ५ का ३० वर्षीय सुमन भन्ने विक्रम राईविरूद्ध जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको एकल इजलासले सो फैसला गरेको अदालतका सूचना अधिकारी यामबहादुर चौहानले बताए ।
अदालतको फैसला अनुसार कसुरदालाई कैद भूक्तान गर्न जिल्ला कारागार चलान गरिएको चौहानले जानकारी दिए । पीडित बालिकालार्ई ०७५ भदौ ४ गते बलात्कार गरेको भन्दै भदौ १२ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । पीडितको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो । प्रहरीले आरोपितलाई जिल्ला अदालतको आदेशले असोज ५ गतेदेखि आरोपित पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

यसैबीच

२४ वर्षीया एक महिलालाई बेचबिखन तथा ओसार–पसार गरेको कसुरमा तुम्बेवा गाउँपालिका– १ का २८ वर्षीय दिलबहादुर दाहाललाई जिल्ला अदालतले एक वर्षको कैद फैसला सुनाएको छ ।

न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो । पीडितलाई भदौ ५ गतेदेखि १७ गतेसम्म बन्धक बनाई बेचबिखन प्रयास तथा ओसारपसार गरेको आरोपमा भदौ २२ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो ।
सोही घटनाका अन्य पाँच जना आरोपितलाई भने अदालतको सोही फैसलाले सफाई दिएको थियो । तुम्बेवा गाउँपालिका–१ का ५० वर्षीय डम्बरकुमार दाहाल, ५० वर्षीया छलिमाया दाहाल, ४४ वर्षीय श्यामबहादुर दाहाल, ४१ वर्षीया भूमिका दाहाल र २९ वर्षीय मित्रकुमार दाहालले पनि सफाई पाएका थिए । उनीहरूलाई प्रहरीले भदौ २५ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशले उनीहरू असोज १५ गते जनही २५ हजार रूपियाँ धरौटी बुझाई तारिखमा छुटेका थिए ।
मुद्दाको फैसलापछि कसुरदारलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी यामबहादुर चौहानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार