प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपां)का सांसदहरुसँग शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।
प्रधानमन्त्री ओलीले कुनै पनि बिषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रष्तुत हुन आग्रह गरेका छन् । पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाउनु भएको छ । “पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ” प्रधानमन्त्री ओलीले भने “त्यसपछि पार्टीका नीतिनिर्देशन, स्थानीयतहमा पुग्छन् । त्यसपछि स्थानीयतहहरुलाई निर्देशितगर्न पनि सजिलो हुन्छ ।”
प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, संसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरेका छन् । “कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुदैनन् ,त्यसकालागि साँसदहरु मार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने हो ” प्रधानमन्त्री ओलीले बताए ।


525 पटक हेरिएको 






