इलाम ।
इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका एक युवाले आफ्नो प्रेमिकाले विष खान नमानेपछि मरणशन्न हुनेगरि कुटपिट गरेका छन् । ३३ वर्षका सागर सुवेदीले स्थानीय युवतीलाइर् कुटपिट गरेर घाइते बनाएका हुन् । सुवेदी ती युवतीलाई भगाएर जंगलमा लगेर विष खुवाउन खोजेका थिए । तर, युवातीले नमाने पछि कुटपिट गरेर जंगलमानै छाडेर भागेका थिए । ‘मरेको भनेर जंगलमा छाडेर हिडेको देखियोÕ–जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले भने–‘स्थानीय भेटेर प्रहरीलाई खवर गरेका हुन् ।Õ युवतीलाई जिल्ला अस्पतालमा उपचार असम्भव भएपछि झाणको विएण्डसी लगिएको छ । युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनसुन्धान थालेको छ । युवकको अर्कौ युवतीसंग विवाह पक्का भइसकेको बुझिएको छ ।