इलाम । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को एक नम्बर प्रदेश समितिको अध्यक्षमा इलामका युवराज वाशिष्ठ निर्वाचित । इटहरीमा हिजो सम्पन्न अधिवेशनबाट वाशिष्ठ निर्विरोध अध्यक्षमा चयन भएका हुन् । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा टिकाराम ढकाल, उपाध्यक्षमा मिलन कुमार ढुङ्गना र ज्ञानेन्द्र गदाल चयन भएका छन् । सचिवमा सुमित थापा, कोषाध्यक्षमा राजेश आचार्य, सहसचिवमा केदार खनाल, सहकोषाध्यक्षमा दिनेश प्रसाई, चयन भएका छन् । सदस्यहरुमा जीवन पनेरु, निश्चलराज शाक्य, विष्णुकुमार तिवारी, सुमन काफ्ले, देवराज सुवेदी, भानु राजवंशी, गजेन्द्र मावो, भीम बहादुर अधिकारी, यङ्गराज राई, नवलकिशोर खनाल, अनिल उपाध्याय, चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा नर बहादुर मगर, लेखा समिति सदस्यहरुमा दिपेन्द्र विष्ट र कृष्ण प्रसाद बास्कोटा चयन भएका छन् ।