तरकारीमा भारतकै भर

  सरलपाटी संवाददाता

 993 पटक हेरिएको


पहाडी क्षेत्रका बजारमा हटियाको दिन आसपासका किसानले फलाएको तरकारी भाग– भाग लगाएर बेच्न बस्छन् । डोको–थुन्सेमा ल्याइएको त्यस्तो तरकारी उत्साह लाग्दो रुपमा विक्दैन । पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीमा खासै रासायनीक मल र विषादीको प्रयोग भएको हुँदैन । गाउँका किसानले ल्याएको तरकारी र हेर्दै रहरलाग्दो भने देखिदैन ।
त्यसैले ग्राहकको नजरमा स्थानीय क्षेत्रमा उत्पादन भएको तरकारी पर्दैन । बरु, भारतीय बजारबाट आयातित विषादीयुक्त तरकारीमा ग्राहक झुम्मिन्छन् । प्राय साप्ताहिक रुपमा लाग्ने हाटमा व्यवसायीहरुले भारतबाट आयात भएको तरकारी बेच्ने गरेका छन् । भारतबाट आयात गरिएको तरकारीमा रासायनीक मल र विषादी प्रयोग भएपनि उपभोक्तालाई जानकारी नहुँदा प्रयोग गरिरहेका छन् । इलाम बजारमा मात्रै दैनिक एक पीकअप तरकारी भारतीय बजारबाट आउने गरेको छ । फिक्कल, मंगलबारे, पशुपतिनगर, शुक्रबारे, लगायतबा बजारमा पनि ठूलो परिमाणमा भारतीय तरकारी आयात हुने गरेको छ ।
बजार क्षेत्रमा रहेका बढि तरकारी आवश्यक पर्ने होटलहरुमा धेरै तरकारी खपत हुन्छ । कतिपय ठाउँमा हप्तादिनको लागि आवश्यक तरकारी जोहो गर्नुपरेकाले उनीहरु भारतीय तरकारीमा निर्भर छन् । पहाडी क्षेत्रसम्म पहुँच बनाएको भारतीय तरकारी जाँच बिनै बजारसम्म पुग्ने गर्छ । उपभोक्ता भने आफ्नै क्षेत्रमा उत्पादन भएको तरकारी भन्दा विषादी युक्त तरकारीमा भुम्मिन्छन् ।
इलामको मंगलबारे, देउराली, सप्तमी नवमी बजारमा भारतबाट आयात गरिएको तरकारी विक्री हुने गरेको छ । भारतबाट टमाटर, काक्रा, गाजर, भिण्डी, प्याज, खुर्सानी, धनिया, बन्दा, जस्ता तरकारी आयात भइरहेको छ । स्थानीय रुपमा उत्पादन हुने तरकारी समेत भारतबाटै निर्यात भइरहेको छ । यसले तरकारीमा परनिर्भरता बढ्दै गएको छ । भारतको पानीट्याङ्की, सिलिगुडी लगायतबा बजारबाट तरकारी आयात हुन्छ ।
इलाममा उत्पादन भएको तरकारी संकलन गरेर तराइको बजारहरुमा पु¥याइन्छ । इलामबाटै झापाका बजारमा पु¥याइएको तरकारी फेरी इलामका बजारहरुमा आइपुग्छन् । तर, उपभोक्ताले भने महङ्गोमा त्यस्तो तरकारी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

व्यापारीहरू बजारको मागअनुसारको तरकारी इलामले आपूर्ति गर्न नसकेकाले पनि बाहिरको तरकारी आयात गर्नुपरेको तरकारी व्यवसायी विजय वरइ बताउँछन् । यहाँ उत्पादन भइको तरकारी इलामका बजारहरुमा प्राय आउँदैन, त्यसैले भारतबाट ल्याएको तरकारी तराइबाट मगाउनुपर्छ ।’–उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार