नयाँ सेवा थप्दैं राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सव

  सरलपाटी सम्वाददाता

 1308 पटक हेरिएको


राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा इलाम शाखाले पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिव्य बैंक इलाम शाखाले डष्टविन वितरण गरेको छ ।
शाखाले इलामको ठूलो टुँडिखेल र इलाम चोक बजारमा एक÷एक थान डष्टविन वितरण गरेको हो । बैंकका शाखा प्रबन्धक लाक्पा दिकी शेर्पाले टुँडिखेलका लागि माइभ्याली फुटबल क्लबका सचिव दिनेश काफ्लेलाई हस्तान्तरण गरेकी थिइन् । यसैगरी इलाम चोक बजारका लागि उद्योग वाणिज्य संघ इलामका महासचिव मदन श्रेष्ठलाई प्रधन्धक शेर्पाले डष्टविन हस्तान्तरण गरेकी थिइन् ।
वार्षिक उत्सवको अवरमा शाखा प्रबन्धक शेर्पाले कार्यालयमा केक काटेर उत्सव उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उद्योगी, व्यापारी, सञ्चारकर्मी र सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

उत्सव कार्यक्रममा प्रवन्धक शेर्पाले बैंकले ग्राहकको सुविधालाई ध्यानमा दिएर नयाँ–नयाँ सेवा सुविधाहरु थप गर्दै गएको बताइन् ।
यसअघिनै मोबाइल बैंकिङ्ग सेवा शुरु गरेको बैंकले मोबाइल बैंकिङ्ग मार्फत इ–सेवाले जसरीनै अनलाइन कारोबार सेवा दिन थालेको पनि उनले बताइन् । बैंकको एप्समार्फत हवाई सेवाको टिकट काट्न, विद्युत, खानेपानी, टेलिफोन, डिस होमलगायतको विल भुक्तानी गर्न सकिने सेवा बैकले भरखरैदेखि शुरु गरेको छ ।
सरकारी कारोबार समेत गर्न थालेको बैंकले लोकसेवाको फाराम शुल्क लिने तथा कृषि कर्जा, राष्ट्रसेवक कर्जा, शिक्षक कर्जा र वाणिज्य बैंकले दिने सम्पूर्ण सेवाहरु दिइरहेको प्रबन्धक शेर्पाले बताइन् । इलाममा सबैभन्दा धेरै एटिएम सेवा लिने सेवाग्राही समेत नेपाल वाणिय बैंककै रहेको पनि उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार