अन्तुपोखरी वरिपरि संरचना निर्माणमा रोक

  सरलपाटी संवाददाता

 819 पटक हेरिएको

विभिन्न निर्णय गर्दै सूर्योदय नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । नगरसभाले अन्तुपोखरी वरिपरि २० मिटर क्षेत्र भित्र कुनै भौतिक संरचना निर्माण गर्न नपाउने निर्णय पारित गरेको छ ।
यस्तै नगरसभाले सूर्योदय नगरपालिकाको आ.ब. २०७५÷०७६ को स्वीकृत आर्थिक ऐन २०७५ बिनियोजन ऐन २०७५ सम्सोधनका लागि प्रताव पारित गरेको छ । आ.ब.२०७४÷०७५ मा बनेको सूर्योदय नगरपालिकाको सहकारी ऐन २०७४ लाई खारेज गरि सूर्योदय नगरपालिकाको विध्ययेक २०७५ सामान्य संसोधन सहित पारित गरेको छ । यसैगरि नगरपालिकाको न्यायिक समिति कार्यविधि ऐन २०७४ को दफा ५९ ‘क’ बमोजिम न्यायिक समिति द्वारा तयार गरिएको मेलमिलाप कर्ताको सूची समेत नगरसभाले पारित गरेको नगरपालिकाले जनाएको छ ।
नगरसभाले विभिन्न विषयगत समितीहरु पनि चयन गरेको छ । अर्थ तथा सामाजिक लेखा समिति , विधायन समिति, सुशासन तथा स्थानीय सेवा समिति, कृषि पर्यटन पुर्वाधार तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक सम्पतिको अभिलेखिकरण गर्ने समिति निर्माण गरिएको बताइएको छ । अर्थ तथा सामाजिक लेखा समितिको सदस्यहरुमा वडा – १२ का वडा अध्यक्ष डोलेन्द्र भाद्धाज , वडा – ७ का वडा अध्यक्ष लेखनाथ खड्का नरमाया सुब्बा र सुरेन्द्र गोले रहेका छन् । यता विधायन समितिमा वडा न ५ का वडा अध्यक्ष प्रेम ब तामाङ, डिल्ली आचार्य , वीरबहादुर भुजेल, बिमला बिसुङ्खे, तेजबहादुर खड्का रहेका छन् । सामाजिक समितिमा सिताराम रेग्मी , सबिना श्रेष्ठ ,चन्द्रकला परियार, भोगेन्द्र कार्की रहेका छन् । सुशासन तथा स्थानीय सेवा समितिमा ललिता नेपाल, अनिल लिम्बू, टीका पोख्रेल, जयकुमार राई चयन भएका छन् । कृषि पर्यटन पुर्वाधार तथा प्राकृतिक स्रोत समितिमा वडा –१० का वडा अध्यक्ष पेमा उगेन लामा, रमेश पाण्डे, अमृत पाण्डे र बलबहादुर समाल मगरलाई चयन गरिएको छ । सार्वजनिक सम्पतिको अभिलेखिकरण गर्ने समितिमा वडा – ६ का वडा अध्यक्ष शिव कुमार बस्नेत तथा वडा न १ का अध्यक्ष राजकुमार सेरेङ , डालीमाया कार्की ,उदय लावती र सचेन राई रहेका छन् ।
नगरप्रमुख रणबहादुर राईको अध्यक्षमा चौथो नगरसभाले सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार