सूर्योदय नगरपालिकाको चौथो नगरसभा आइतबारदेखि

  सरलपाटी संवाददाता

 1494 पटक हेरिएको

सूर्योदय नगरपालिकाको आइतबारदेखि चौथो नगरसभा शुरू हुँदैछ । नगरसभाको प्रदेशद १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश न. १ सरकाले गरेको निर्णय अनुसार सूर्योदय नगरपालिकालाई मुख्यमन्त्री राईले पर्यटकीय नगरीको रुपमा औपचारिक घोषणा गर्ने कार्यक्रम पनि रहेको नगरपालिकाले जनाएको छ ।
नगरसभामा आर्थिक बर्ष २०७५÷७६ को स्वीकृत आर्थिक ऐन २०७५ बिनियोजन ऐन २०७५ र अन्य अन्य ऐनहरुमा संसोधनको लागि प्रस्तुत हुनेछ । यस्तै आ. ब. २०७४÷७५ मा बनेको नगरको सहकारी ऐन २०७४ लाई खारेज गर्दै नगरपालिकाले नगर सहकारी ऐन स्वीकृतिका लागि नगरसभामा पेश जनाइएको छ ।
यसैबीच नगरपालिकाको सम्पन्न ३२ औं कार्यपालिका बैठकले नगरपालिका क्षेत्र भित्रको सार्वजनिक अ‍ैलानी जग्गा अतिक्रमण कार्य रोक्दै सार्वजनिक अ‍ैेलानी जग्गा यकिन र नगरले शुरु गरेको मेची राजमार्ग दायाँबायाँ १५ मिटर कायम गर्न माघ ५ गते देखि ४५ दिने सूचना जारी गरी काम सुरु गर्ने निर्णय समेत गरिएको आर्थिक विकास समित संयोजक तथा वडा न ९ का अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार