दुर्घटनामा इलामका एकसहित तीन जनाको मृत्यु

  सरलपाटी संवाददाता

 830 पटक हेरिएको

काठमाण्डौंबाट इलाम पशुपतिनगर तर्फ आइरहेको दार्जिलिङ्ग एक्सप्रेस शनिबार विहान २ बजे दुर्घटना हुँदा इलामका एक जना सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।
सर्लाही इश्वरपुर नगरपालिका–१२ पूर्व पश्चिम लोकमार्गको बाँके जंगलमा ना ४ ख ९७५४ नम्बरको बस विग्रिएर रोकिराखेको अवस्थामा सोही दिशामा आउँदै गरेको ना ५ ख ९७५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा बसमा सवार इलाम सुलुबुङ्गका २७ वर्षीय गोविन्द साउदेन, इटहरी सुनसरीका प्रेमकुमार राई र ट्रकमा सवार विरगंजका रहिम मियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार