डा.केसीलाई काठमाडौं हिँडाइयो

  सरलपाटी सम्वाददाता

 704 पटक हेरिएको

इलाममा नौं दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि काठमाण्डौं हिँडाइएको छ ।
झापाको चन्द्रगढी एयरपोर्टबाट सेनाको हेलिकोप्टरमा लैजानका लागि यहाँबाट एम्बुलेन्समा चन्द्रगढीसम्म लगिएको छ ।
मुटुको चालमा उतार चढाव आएपछि हाइरिक्स भएकाले रातारात डा. केसीलाई काठमाण्डौं लगिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
राती साँढे १० बजे डा. केसीलाई इलाम अस्पतालबाट एम्बुलेन्समा चन्द्रगढी तर्फ लगिएको हो ।
विहीबार काठमाण्डौंबाट आएका चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उत्चस्तरीय कार्यदलका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना र डा. अभिषेकराजसिंहले डा. केसीलाई काठमाण्डौं लैजानका लागि पहल गरिरहेका छन् । माथेमाको टोलीले डा. केसीलाई काठमाण्डौं जानका लागि अनुरोध गरेका थिए ।
काठमाण्डौंको टिचिङ्ग अस्पतालमा लगिने र डा. केसीको अनशन भने जारी रहने पनि बताइएको छ ।
स्वास्थ्य मन्त्रालयको पहलमा केसीलाई काठमाण्डौं लगिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार