विपीबाट आएको अर्को स्वास्थ्यकर्मीको टोलीले डा. केसीको स्वास्थ्य परीक्षण

माथेमा सहितको टोली इलाम आइपुग्यो

  सरलपाटी सम्वाददाता

 508 पटक हेरिएको

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज आएको विशेषज्ञ टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गरिहेको छ ।
टोलीले डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएको जनाएको छ ।
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा। विकास शाहको नेतृत्वमा डा। आशिस सुबेदी, एनेथेस्थेसिया र आइसियु, डा। अदिती महासेठ, कार्डियोलोजिष्ट, डा।राजकमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याव टेक्निसियन, देवकान्त चौधरी, नर्सलगायतको टोली बिहीबार इलाम आएको छ ,
बुधबार पनि एउटा टोली आएर डा. केसप्को गरेर फर्केको थियो ।
उपचार गर्न आएको टोलीले डा. केसीको परीक्षण गरिरहेकाले काठमाण्डौंबाट भरखरै इलाम आएका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गानाले डा. केसीलाई भेट्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार