इलाम ःसंसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकलाई हुबुहु संसदबाट पारित हुनु पर्ने माग राख्दै इलामको चोक बजारमा अनशनमा रहेका विजय थापाको पनि स्वास्थ्यमा समस्या देखिएको छ । उक्त मागलाई सम्बोद्धन गर्न माग राख्दै अनशन सुरु गरेको चौथो दिन सम्म आइपुग्दा थापालाई छाती दुख्ने, सास फेर्न समस्या हुने समस्या देखिएको छ भने निमोनियाको लक्षण रहेको बताएको छ ।
चिसोका कारण स्वास्थ्यमा समस्या भएको भन्दै चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएपनि थापा अस्पताल भर्ना भएका छैनन् ।‘म अस्पताल भर्ना हुँदा अरु सेवाग्रहीलाई समस्या हुन्छ भने म अस्पताल जान्न ।’ थापा भन्छन्,‘मलाई मेरो शरीरको भन्दा पनि अरु सेवाग्रहीको चिन्ता छ’
थापाले अस्पताल भर्ना हुने नहुने बारेमा भने आफू अहिलै केही भन्न नसक्ने बताए ।‘हाम्रा साथीहरूसँग छलफल गरेर मात्र उपचारमा जाने नजाने बारेमा टुङ्गो हुन्छ’ थापाले भने ।
स्थानीय नेताले धम्क्याएको थापाको आरोप
अनशनमा रहेका बेला स्थानीय केही नेताहरूले आफू र आफ्ना साथी माथि धम्क्याएको अनशरमा रहेका थापाले गुनासो गरेका छन् ।‘दिउँसोको समयमा केही नेताहरूले तपाईहरूका नारा फेर्नुहास् भन्नु भयो’ थापाले भने,‘इलाममा मेडिकल कलेज बनाउने बुद्धा तपाईहरूको मागमा किन नराखेको भनेर धम्क्याउनुभयो’