इलाम . शरीरमा विभिन्न समस्या देखापरेछि केही समयअघि मात्र डा. केसीलाई इलाम अस्पताल ल्याएर अक्सिजनमा राखिएको छ । आवरण अनशनमा रहेका डा.केसीको शारीरिक अवस्था जटिल बनेपछि चिकित्सकको सल्लाह बमोजिम इलाम अस्पताल ल्याइएको हो । केसीको शारीरिक अवस्था अनियमित अवस्थामा रहेको, सास फेर्न समेत समस्या पर्ने गरेको, चक्कर लाग्ने गरेको लक्षण देखापर्न थालेपछि उपचारका लागि अस्पताल ल्याइएको जिल्ला अस्पताल इलामका डा.दिपेन्द्र शाहाको भनाइ छ ।‘उहाँको मुटुको धड्कन समेत अनियमित किसिमको भएको छ । सामान्य भन्दा बढी धडेकिन्छ भने प्रेसर पनि ९० वाइ ६० मात्र छ ।’ डा. शाहले भने,‘उहाँलाई निमोनियाको समेत संक्रमण देखा परेको छ ।’ उहाँको फोक्सोको दायाँ भागमा हावा कम भएको छ ’
डा.शाहले नियमित उपचारमा नरहेमा केसीको स्वास्थ्य अवस्था झनै सिथिल हुने जानकारी दिए । इलाम सदरमुकामस्थित फूलगाँछीमा अनसनमा रहेका डा.केसीलाई बिहान ९ बजे जिल्ला अस्पताल ल्याइएको छ ।
‘उहाँको स्वास्थ्यमा धेरै किसिमका समस्या देखिएका छन् । उहाँको पिसाबमा समस्या देखिन थालेको छ भने शरीरमा पानीको मात्र समेत कम भएको छ । त्यस्ले गर्दा शरीर एकदमै सिथिल बनेको छ ।’डा. शाहले भने ।