झुक्याएको भन्दै आदिवासीको विरोध

  सन्तोष राई

 496 पटक हेरिएको

विराेधमा अायाेजित पत्रकार सम्मेलन
आदिवासी जनजातिको नाममा बनाउने भनिएको संग्राहलय झुक्याएर हिन्दूहरुको तीन धाम बनाउने योजना तयार भएपछि आदिवासी जनजाति सम्बद्ध संघ÷संस्थाहरुले विरोध जनाएका छन् ।
पथरीमा शुक्रबार मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी आदिवासीकै नाममा संग्राहलय नबने संग्राहलय नै बन्न नदिने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा वितरित संयुक्त किरात राई यायोक्खा अध्यक्ष नवीन राई, किरात याक्थुङ चुम्लुङ अध्यक्ष विवेक लिम्बू, तामाङ घेदुङ संघका अध्यक्ष दिलबहादुर तामाङ, तमुछोज धि गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष प्रेम गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगरका अध्यक्ष चन्द्र तामाङ, भुजेल समाजसेवा सल्लाहकार राम बहादुर भुजेल लगायतको हस्ताक्षर रहेको छ ।
पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी बसेको क्षेत्रमा प्रदेश सरकारको लगानीमा ‘पाथीभारा, बराहक्षेत्र र हलेसी’ गरी हिन्दूहरुको तीन धाम बनाउने तयारी भएपछि आदिवासी समुदायले विरोधमा उत्रिएको हो । पाथिभारा, बराहक्षेत्र, हलेसीको उक्त स्थानमा महत्व रहेकोले नक्कली धाम बनाउनु आवश्यक नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जनताबाट उठेको कर अनावश्यक रुपमा दुरुपयोग गर्न नहुने र राज्यद्वारा अहिलेसम्म बेवास्था गरिएका उत्पीडित आदिवासी समुदायको लोप हुन लागेको संस्कार, संस्कृति, धर्म परम्पराको संरक्षण तथा विकास हुनेगरी आदिवासी संग्राहलय निर्माण हुनुपर्ने उल्लेख छ ।
‘अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ.) १६९ नेपालको बाध्यकारी कानुन हो ।’ विज्ञप्तिमा भनिएको छ ‘यो कानूनमा देशको जुनसुकै स्थालको परियोजना तथा विकास निर्माणहुन लाग्दा स्थानीय आदिवासीहरुसँग छलफल, परामर्श, स्वीकृति लिएर उनीहरुको सहभागिता र त्यस आयोजनाबाट हुने लाभको समेत भागिदार बनाइनु पर्छ ।’ कानूनको बर्खिलापहुने गरी स्थानीय आदिवासी समुदायलाई जानकारीसम्म नदिइ प्रदेश तथा स्थानीय सरकारले जनताको भावना विपरित गैरकानूनी रुपमा तीन धाम निर्माणको प्रकृयामा अघि बढेकोप्रति हामि खेद ब्यक्त गर्दर्छौ । विज्ञप्तिमा भनिएको छ ।
गैर कानूनी रुपमा जवरजस्ति नक्कली तीन धाम बनाउने प्रकृया नरोकिए कडा आन्दोलनको साथै कानूनी लढाइलढ्न बाध्यहुने संयुक्त विज्ञप्तिमार्पत भनिएको छ ।
गएको संघीय÷प्रदेश तथा स्थानीय निर्वाचनको बेला विभिन्न दलका उमेद्वारहरुले बिशेषता यो क्षेत्रबाट निर्वाचित भानुभक्त ढकालले निर्वाचन जित्न आदिवासी जनजातिहरुको सांस्कृतिक गीत, नृत्य प्रस्तुत गर्नुको साथै आपूmले जितेमा आदिवासी जनजातिहरुको संग्राहलय निर्माण गर्ने भनेर पटक पटक प्रतिबद्धता गरेका थिए ।
त्यसबेलाको भिडियो रेकर्डसमेत सुरक्षित छ । त्यति मात्र होइन १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘आदिवासी संग्राहलय’ र १ नम्बर प्रदेश विकास योजनामा समेत ‘जातीय संग्राहलय’ बनाइने उल्लेख भएको जनाएको छ । प्रदेश सभा र सरकारको नीतिको समेत प्रतिकुल हुनेगरी नक्कली तीन धामको योजनाप्रति आफूहरुको विरोध रहेको उल्लेख छ । वि.सं. २०७५ पुस २५ गते प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरे, पथरीशनिश्चरेका प्रमुख दिलिप राई, उपप्रमुख यमुना विष्टको टोली १० नम्बर वडा पुगेर तीनधाम बन्ने क्षेत्रको भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार