पृथ्वीनारायण शाहको स्मृति दिवस मनाइयो

  सरलपाटी संवाददाता

 801 पटक हेरिएको

राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आज इलाममा पनि स्मृति दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गर्दै उनका योगदानको विषयमा छलफल गरेको थियो ।
डिकबहादुर कोइरालाको अध्यक्षता तथा पूवं मन्त्री सोमनाथ बाँस्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पृथ्वी नारायण शाहले देश निर्माणमा पु¥याएको योगदान र उनका दिव्योपदेशको चर्चा गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केदार थापा, राजेन्द्र चौहान, इन्द्र तिम्सिनालगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार