निर्मलाको ‘भेजाइनल स्वाब’माथि शंकाः परीक्षणका लागि आमाको रगत लिइयो

  सरलपाटी संवाददाता

 566 पटक हेरिएको

निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो/होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

निर्मलाका आमा र आफन्तको आग्रहमा रगतको नमुना लिएर भेजाइनल स्वाब निर्मलाको भएको÷नभएको जाँच्न प्रहरी मन्जुर भएको हो। ‘भेजाइनल स्वाबमाथि शंका छ, रगत जाँचेर हो वा होइन पत्ता लगाइदिनुप¥यो भनेर उनीहरूले निवेदन दिएकाले जाँचका लागि रगतको नमुना संकलन गरेका हौं,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार