डा. केसीको १६ औं अनशन इलामबाट शुरु

  सरलपाटी संवाददाता

 1250 पटक हेरिएको

शिक्षा तथा स्वास्थ्य समितिले संझौता विपरित बहुमतले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रा.डा. गोविन्द केसीले इलाममा १६ पटकको अनशन बुधबार ४ बजेबाट शुरु गरेका छन् ।
संसदीय समितिले संझौता विपरित विधेयक पारित गरेको भन्दै उनले डा. केसीले इलामको फुलगाछीमा अनसन शुरु गरेका हुन् । सरकार माफियाहरुको स्वार्थ अनुरुप चलेको भन्दै उनले जनताको पक्षमा अनशन शुरु गरेको बताएका छन् ।
इलामको नारायणस्थनमा अनशन बस्न तयारी गरेका डा. केसीलाई स्थानीय समितिले धार्मिक बाहेक अन्य कार्यक्रम गर्न नमिल्ने भन्दै स्थान उपलब्ध नगराएपछि फुलगाछी स्थित क्याप्टेन सुरेन्द्र लिम्बूको घरमा अनशन शुरु गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार