प्याब्सन दिवसमा ‘क्लिन इलाम, ग्रीन इलाम’ (फोटोे सहित)

  सरलापाटी सम्वाददाता

 590 पटक हेरिएको

इलाम । निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन प्याब्सन इलामले प्याब्सन दिवशको अवसरमा मंगलबार सार्जनिक स्थलहरुको सरसफाइ गरेको छ ।
प्याब्सन इलामले प्याब्सनकाे २९ औँ स्थापना  दिवशको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो । ‘क्लिन इलाम, ग्रीन इलाम’ भन्ने नारासहित प्याब्सन इलामले जिल्लाका नगरपालिका र गाउँपालिकाका सार्वजनिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न भएको प्याब्सन अध्यक्ष विकास कर्माचार्यले जानकारी दिए । इलाम नगरपालिका क्षेत्रको मात्रै १२ ठाउँमा सरसफाई कार्यक्रम गरिएको छ भने, सूर्योदय नगरपालिकाको चार ठाउँमा देउमाई नगरपालिका, फाफोकथुम गाउँपालिका, माइजोगमाई गाउँपालिकामा सार्वजनिक स्थलको सरसफाई गरिएको हो । सरसफाइ कार्यक्रममा शिक्षक, विद्यार्थीहरु, जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । इलाम नगरपालिका, धोबीधारा, विब्ल्याँटे, नेपालटार, पुवाखोला, तिल्केनी, साङ्गरुम्बा, भञ्व्याङ्ग, माइखोला, रक्से नवमि बजार, गोदकको जौबारी, सुम्बेकको उपस्वास्थ्य चौकी, गोलाखर्कको जोरधारा मन्दिर लगायतका स्थानहरुमा सरसफाइ गरिएको थियो । यसरीनै सुर्योदयमा कन्याम फिक्कल हर्कटे, पशुपतिनगरलगायतका सबै साना बजारहरुमा सरसफाइ गरिएको प्याब्सन सचिव छवि लम्सालले बताए । देउमाईको मंगलबारे, फाफोकथुमको फलाटेबजारहरु सरसफाई सहित विद्यार्थीहरुमा सरसफाइ प्रति चेतना जगाउने काम गरेको छ । सरफाई अभियानलाई नजिकका बोर्डिङ्ग स्कुलले ब्यवस्थापनगरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार