प्याब्सनको ‘क्लिन इलाम, ग्रीन इलाम’

  सरलपाटी संवाददाता

 689 पटक हेरिएको

निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन प्याब्सन इलामले प्याब्सन दिवशको अवसरमा मंगलबार सार्जनिक स्थलहरुको सरसफाइ गरेको छ ।
प्याब्सन इलामले २७ प्याब्सन दिवशको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो । ‘क्लिन इलाम, ग्रीन इलाम’ भन्ने नारासहित प्याब्सन इलामले जिल्लाका नगरपालिका र गाउँपालिकाको समन्वयमा सरसफाई आयोजना गरेको प्याब्सन इलामका सचिव छवि लम्सालले बताए । सरसफाइ कार्यक्रममा शिक्षक, विद्यार्थीहरु, जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । इलाममा इलाम नगरपालिकाका विभिन्न बजारहरुमा सरसफाइ गरिएको थियो । इलाम नगरपालिका, धोबीधारा, विब्ल्याँटे, नेपालटार, पुवाखोला, साङ्गरुम्बा, भञ्व्याङ्गलगायतका बजारहरुमा सरसफाइ गरिएको थियो । यसरीनै सुर्योदयमा कन्याम फिक्कल हर्कटे, पशुपतिनगरलगायतका सबै साना बजारहरुमा सरसफाइ गरिएको सचिव लम्सालले बताए । यो अभियानले सरसफाइसँगै विद्यार्थीहरुमा सरसफाइ प्रति चेतना जगाउने काम गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार