लगानी सम्मेलन आज शुरु हुँदै कांग्रेसको बहिष्कारको बीचमा प्रमको अभिनन्दन

  सरलपाटी सम्वाददाता

 550 पटक हेरिएको

इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउँदै छन् ।
जिल्लामा लगानी प्रवद्र्धन गर्नका लागि नगरपालिकाले आजदेखि नगरसम्मेलन आयोजना गर्दैछ । उद्घाटनकै अवसरमा प्रधानमन्त्री ओलीलाई जिल्लाबासीको तर्फबाट इलाम नगरपालिकाले अभिनन्दन पनि गर्ने भएको छ ।
प्रधानमन्त्री ओली पाँचथरको रबीमा सडक शिलान्यास गरेर इलाममा १ बजे आउने भएका छन् । प्रधानमन्त्री ओली गढिथुम्कास्थित श्री पशुपतिप्रसाद गणमा अवतरण गरेर भोजन गरेपछि कार्यक्रम स्थल गौतम बुद्धसभागृहमा आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री आउने भएपछि जिल्लामा हिजोदेखिनै सुरक्षा व्यवस्था कडा गरिएको छ । सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।
यता नेपाली कांग्रेसले भने अभिनन्दनलाई नौटंकी र नागरिकको अपमानभन्दै बहिष्कार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार