इलाम नगरपालिकास्थितछिमेकी बचत तथा ऋण सहकारीले चार करोड, ३० लाख, ४७ हजार रूपैयाँ बराबरको आय–व्यय प्रस्तुत गर्दै आफ्नो १० औं साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
सहकारीले एक करोड, ८९ लाख ९६ रूपैयाँ ऋण लगानी गरेको र नगद मौज्याद ५२ हजार ७ सय रूपैया रहेको जनाइएको छ । सहकारीले शेयर सदस्य मध्येबाट नौ सदस्यलाई पनि शनिबार सम्मान गरेको छ । सम्मानित हुनेहरूमा शिक्षा क्षेत्रमा योगदान पु¥याउनु हुने उमाराम प्रसाईं, महिला जेष्ठ सदस्य मनमाया भट्टराई, बाल बचतमा दोस्रो बढी बचत गर्ने बचत कर्ता चेतना कडरिया, नियमिततर्फ सबैभन्दा बढी बचत गर्ने कृष्ठ बस्नेतलाई सम्मान गरिएको हो ।
यस्तै, नियमित मासिक रूपमा सर्वाधिक बचत गर्ने शेयर सदस्य टिकाप्रसाद गुरुङ, असल ऋणी तिलकुमारी बराइली, सबैभन्दा बढी रकम दैनिक बचत गर्ने श्यामलाल शिवाकोटीलाई समेत सम्मान गरिएको थियो । यसै गरी गत वर्षको एसइई परीक्षामा सर्वोत्कृष्ट ग्रेड ल्याउने बाल छात्र सदस्य रविन वस्नेत र छात्रा सदस्य कुमोद गौतमलाई पनि एक÷एक हजार नगद, खादा र अविल लगाएर पुरस्कृत गरिएको थियो ।
सहकारीका अध्यक्ष देवनारायण बराल(दीपेन्द्र)को अध्यक्षता र इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारी विकाश बैङ्कका अर्जुन कार्की, उपाध्यक्ष गोपाल रिजाललगायले बोलेका थिए ।
कोशेलीको साधारण सभा सम्पन्न
कोशेली कृषि सहकारी संस्था इलामको आठौं साधारण सभा शनिबार इलाम सदरमुकाममा सम्पन्न भएको छ । संस्थाले एक करोड, ९७ लाख, ७ हजार रूपैयाँको आय–व्यय प्रस्तुत गरेको छ । संस्थाकी कार्यवाहक अध्यक्ष उमादेवि कार्की (कोपिला ) को अध्यक्षता तथा जिल्ला सहकारी संघ का अध्यक्ष नरेन्द्रनाथ भट्टराई को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन उमादेवी कार्कीले र लेखा प्रतिवेदन संस्थाका लेखा संयोजक इश्वर लुइँटेलले प्रस्तुत गरे ।
साधारण सभाका अवसरमा असल ऋणी महिलातर्फ रन्जना श्रेष्ठ, पुरुषतर्फ कुमार लिम्बू, उत्कृष्ट बचतकर्ता देवि मगर , नियमित बचत कर्ता डिल्ली भट्टराईलाई पुरस्कृत गरियो । कार्यक्रममा संस्थाका सल्लाहकार बसन्ती घतानी ,प्रमुख अतिथि नरेन्द्रनाथ भट्टराई लगाएतले शुभकामना मन्तव्य राख्नु भयो । यस्तै आजै संस्थाको तेस्रो अधिवेशन समेत सम्पन्न भएको छ । संस्थाको अध्यक्षमा उमादेवी कार्की, उपाध्यक्षमा सुमित्रा घिमिरे, सचिवमा राधा देवी खड्का रहनुभएको छ । यस्तै सदस्यहरूमा ज्ञाननाथ दाहाल, प्रेमप्रसाद पाण्डे, सारदा सुब्बा, इश्वर लुईंटेल,जीतबहादुर लम्जेल रहेका छन् ।