कैदीबन्दीलाई पानी र शौचालयको समस्या

  सरलपाटी संवाददाता

 551 पटक हेरिएको

इलामको कारागारमा रहेका कैदीबन्दीलाई पछिल्लो समय पानी अभाव हुँदा शौचालयमा समेत समस्या भएको छ । एक सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा दुई सय ४४ जना कैदीबन्दी रहेको कारागारका प्रमुख भक्तबहादर खड्काले जानकारी दिए । ‘पानी एउटा पाइपमा आउँछ, सानो पानी हुनुे र कैदीबन्दीको संख्या धेरै हुनुले शौचालय प्रयोगमा समस्या धेरै छ ।’ खड्काले भने ‘शौचालयकै कारण स्वास्थ्य समस्या आउला जस्तो भएको छ ।’
इलाम कारागारमा सवारी साधन अभावले बन्दीहरूलाई अदालत लान र जटिल स्वास्थ्य समस्या आएर अस्पताल लान पनि समस्या भएको कारागार प्रमुख खड्का बताउँछन् । ‘एउटा पुरानो र एउटा केही महिना अघि विभागबाट पठाइएका गरि दुईवटा सवारी साधन छन्, दुवै काम नदिने र पुराना सवारी भएकाले त्यसको मर्मत गर्न नहुने अवस्थाले थन्किएका छन्,’ उनले भने ‘दुवै सवारी नचल्ने भएपछि सवारी चालकलाई पनि विदा दिएको छु, यहाँ आवश्यक पर्दा भाडामै सवारी खोज्नु पर्ने बाध्यताले कारागारलाई अर्को समस्या थपिएको छ ।’
कारगारमा अहिले १६ जना महिला र दुई सय २८ जना पुरूष कैदीबन्दी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार