प्याब्सन इलामको नव निर्वाचित कार्यसमितिद्वरा पदभार ग्रहण

  सरलपाटी सम्वाददाता

 1099 पटक हेरिएको


इलाम । मंसीरको २८ र २९ गते इलाम सदरमुकाममा सम्पन्न निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको सफथ ग्रहण तथा पदभार ग्रहण गरिएको छ ।
पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि प्याब्सन एक नम्बर प्रदेश समितिका सल्लाहकार युवराज वासिष्ठले सरकारले निजी विद्यालयलाई सिध्याउने खेलमा लागेको आरोप लगाए । उनले सरकारले प्रस्ताव गरेको जस्तो निजी विद्यालयलाई सार्वजनिक ट्रष्टमा लगेर विद्यालय सञ्चालन गर्न नसकिने बताए । ‘सार्वजनिक ट्रष्टमा लगेर विद्यालय चलाउनु भन्दा विद्यालय बन्द गर्छौÕ–उनले अघि भने–‘निजी सम्पति वैकमा धितो राखेर ऋण लिएर बनाएका विद्यालय सार्वजनिक ट्रष्ट बनाउन सक्दैनौ ।Õ नव निर्वाचित समितिलाई उनले निजी विद्यालयको अस्तित्व रक्षाका लागि सक्रिय भएर लाग्न आग्रह गरे । उनले संघीय सरकारले मस्यौदा गर्दै गरेको नयाँ ऐनका विरुद्ध आन्दोलन शुरु गर्ने चेतावनी दिए । ‘केन्द्रीय कमिटिले आन्दोलनको घोषणा नगरे प्रदेश समितिमार्फत आन्दोलन शुरु गर्ने उनको भनाई छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलले शैक्षिक सुधारको लागि निजी र संस्थागत विद्यालयबीच साझेदारीको आवश्यकता औल्याए । शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख निर्मल ढुङ्गेलले सामुदायिक विद्यालयमा अंग्रेजी भाषा र संस्थागत विद्यालयमा नेपाली भाषाको कमजोरी पाइएकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । निवर्तमान बरिष्ठ उपाध्यक्ष मधु बरालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका प्रमुख अधिवक्ता सुधिर बोहोराले नव निर्वाचित अध्यक्ष विकास कर्मचार्यलाई सफथ गराएका थिए । अन्य पदाधिकारी, सदस्य र केन्द्रीय पार्षदलाई अध्यक्ष कर्मचार्यले सफथ गराए । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले प्रमाण पत्र समेत उपलब्ध गराएको छ । आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा कर्मचार्य सहित, बरिष्ठ उपाध्यक्षमा रगुन गुरुङ, उपाध्यक्षमा नुनुमा राई र उपेन्द्रदेव नारायण बराल, सचिवमा छविलाल लम्साल, कोषाध्यक्षमा टेकेन्द्र बस्नेत सह–सचिवमा मेघनाथ अधिकारी र विकाश राई, सह–कोषाध्यक्षमा रञ्जित श्रेष्ठ चयन भएका थिए । सदस्यहरूमा चन्द्रप्रकाश लिम्बू, गोपाल राई, चुडामणि आचार्य, विष्णु गड्तौला, खेमराज लार्केल लामा, मनिकुमार तामाङ, कुशबहादुर थेवे चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा राजेन माइकल गुरुङ, युवराज रिजाल, ओमनाथ प्रधान, मनिकुमार राई, मिङ्मा राई, दलबहादुर राई, दानु राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार