इलाममा मनाइयो उधौंली

  सरलपाटी सम्वाददाता

 439 पटक हेरिएको


इलाम ।  किराँतीहरुले शनिबार उधौली मनाएका छन् । मंसीरे पुर्णीमाको अवसर पारेर किराँत समुदाय भित्र पर्ने विभिन्न जातीले छुट्टाछुटै तरिकाले उधौली मनाएका हुन् । भुजेल राई, लिम्बू, याख्खा, र सुनुवार जातिले प्रकृतिको पुजा आरधाना गरेर पर्व मनाएका हुन । भुजेलहरुले भुजेली राई जातिले उधौली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलष्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउने गरेका छन् । यी जातिले मंसिरे पूर्णिमाका दिन आफ्ना दिवंगत पुर्खा र आआफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।
भुजेलहरुले रोङ्ग गाउँपालिकाको मार्सेमा सामुहिक पुजा तथा शुभकामना आदन प्रदान गरेका छन् । पुजापछि भएको औपचारिक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका उपाध्यक्ष सागर भुजेल, भुसेसका केन्द्रीय सदस्य चुडामणी भुजेल जिल्ला अध्यक्ष, नरबहादुर भुजेल, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । विनु भुजेलको अध्यक्षतामा भएको सामुहिक पुजामा इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिकाबाट सहभागी भएका थिए ।

भुजेली

लिम्बू समुदायले इलाम नगरपालिकाको माईखोलामा सामूहिक पूजापाठ, गालीश्राप बहन्ती, साँस्कृतिक कार्यक्रम तथा वनभोज (ताम्भुङचा) गरेको छ । । कार्यक्रममा धाननाच (यालाङ), च्याब्रुङ नाच (केलाङ), लिम्बू खानपिन, लिम्बू साँस्कृतिक प्रस्तुती, खेलकुदका कार्यक्रम जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना आदानप्रदान गरिएकोे किरात याक्थुङ चुम्लुङका अध्यक्ष गायत्री थेगिमले जानकारी दिइन् ।
यस्तै किराँत राई समुदायले साकेला नाच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरि उधौली मनाएका छन् । इलाम नगरपालिका ७ ओपिधारामा साकेला थानमा पूजापाठ र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । किरात सुनुवार समुदायले इलाम नगरपालिकाको पुवामझुवामास्थित स्यादरथानमा पूजा गरेर वुरसिल नाँच लगायत कार्यक्रमहरु उधैली मनाएका छन् । याक्खा समुदायले माइजोगमाइ गाउँपालिकाको नामसालिङमा देवीदेवताको पुजाआजा गरेर सबै इष्टमित्र भेट भएर रमाइलो गर्दै मनाउँदैछन् । इलाम सहित किरातीहरुको वाहुल्यता रहेका पाँचथर, ताप्लेजङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेहथुम, संखुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा उधौली मनाइएको छ ।
उधौंली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार