नेपाल पत्रकार महासंघको आयोजनामा प्रदेश नं. १ को राजधानी विराटनगरमा विहीबारदेखि राष्ट्रिय पत्रकार सम्मेलन शुरु हुन लागेको छ ।
विहीबार र शुक्रबार हुने सम्मेलनका लागि देशभरिका पत्रकारहरु बुधबारनै विराटनगर पुगेका छन् । विहीबार (आज) विहान ८ बजे प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले सम्मेलनको उद्घाटन गर्ने भएका छन् ।
सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य लेखा समिति, प्रदेशका पदाधिकारी, सदस्य, जिल्ला शाखा, एशोसिएटका अध्यक्षहरु गरी तीन सयको सहभागिता रहने जनाइएको छ ।


538 पटक हेरिएको 






