माईभ्यालि क्वाटरफाइनलमा

  सरलपाटी सम्वाददाता

 770 पटक हेरिएको

इलाम  । इलामको माईभ्यालि फुटबल क्लब तेह्रथुममा जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ  ।

तेह्रथुम स्थित खेलमैदानमा  प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङ्ग एघार लाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।माई भ्यालि फुटबल क्लबको जितका लागि खेलकाे चाैँथाे मिनेटमा दर्शन गुरुङ्गले  गरेकाे गाेल नै निर्णायक बन्याे । खेलको म्यान अफ दी म्याच ताप्लेजुङ्गका अनुप लिम्बु घोषित भए ।

श्री भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १५ हजार प्राप्त गर्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार