कञ्चनपुरकाे १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटनामा प्रहरी अनुसन्धानमा भएकाे लापबाहीकाे छानबिन गर्न गठित समितिले सोमबार प्रतिवेदन बुझाएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको हो ।
‘अनुसन्धानमा प्रहरीले के गल्ति गरेको थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गरेका छौँ,’ एआइजी बस्नेतले भने, ‘कार्यादेशअनुसार हामीले सबै पक्ष केलाएका छौँ ।’
प्रहरीले स्थानीय दीलिप सिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, उनको डिएनए ‘म्याच’ नभएपछि निर्दोष सावित भएका थिए । जसले प्रहरी विवादमा परेको थियो ।
प्रहरीले नियतवश कसैलार्इ जाेगाउन बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लागेपछि छानबिन समिति गठन भएको थियो । तर, छानबिनमा प्रहरीले नियतवश नभई लापरबाही र हतारमा बिष्टलार्इ अभियुक्तका रूपमा सार्वजनिक गरेकाले अनुन्धानमा आबद्ध प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको स्रोत बताउँछ । पाँच महिना हुन लाग्दा पनि प्रहरीले अभियुक्त पक्राउ गर्न सकेको छैन ।नयाँ पत्रिकाबाट


467 पटक हेरिएको 






