इलाम नगरपालिकाले आयोजना गर्ने लगानी प्रवद्र्धन सम्मेलन यहीँ पुस २० गते हुने भएको छ ।
कार्तिक २० गते गर्ने तयारी भएर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लगानी सम्मेलन हुने भएको छ । लगानी प्रवद्र्धन सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलाम नगरपालिका र नागरिकको तर्पmबाट राष्ट्रका लागि पु¥याएकोे योगदानमा सम्मान तथा नागरिक अभिनन्दन गर्ने निर्णय भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रम इलामको ठूलो टुँडिखेलमा हुनेछ भने छलफल कार्यक्रम गौतम बुद्ध सभाहलमा हुने प्रवक्ता ठाकूर श्रेष्ठले बताए ।
संस्था अभिलेख व्यवस्थापन ऐन बन्दैं
यसैगरी नगर कार्यपालिकाको बैंठकले इलाम नगरपालिका क्षेत्रभित्र रहेका संघसंस्थाहरुको अभिलेख व्यवस्थापनका लागि संस्थाको अभिलेख व्यवस्थापन गर्ने ऐन, २०७५ को मस्यौदामा छलफल हुँदा सो ऐन आगामी नगर सभामा लैजाने निर्णय भएको छ । यस्तै इलाम नगरपालिकाको फोहोरमैला ब्यवस्थापन गर्नका लागि नगरपालिकाले उपयुक्त जग्गा खोजी गरी फोहोरमैला व्यवस्थापनका लागि वैकल्पिक फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको छ ।
चियाबारी रहेको जग्गामा रङ्गशाला बनाउने प्रस्ताव
सो बैंठकले इलाममा रङ्गशालाका निर्माणका लागि सदरमुकामको चियाबारी सरकारलाई माग गर्ने निर्णय गरेको छ ।
इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेल नेपाली सेनाको नाममा रहेको र बढ्दो सहरीकरण तथा समयको माग अनुकूल सो टुँडिखेल अपर्याप्त तथा साँघुरो समेत हुँदै गएकोले रङ्गशालाको व्यवस्थापन गर्नुपर्ने भन्दै नगरले चियाबारी रहेको जग्गा सरकारसँग माग गरेको हो ।
इलाम नगरपालिका वडा नं. ७ अन्तर्गत सेतीदेवी जाने बाटोदेखि पश्चिम, गोरेटोबाटो उत्तर र नगरपालिका कार्यालय भवनभन्दा माथि चौतारादेखि पूर्वक्षेत्र भित्रकोे नेपाल सरकारको नाममा रहेको इलाम चिया बगान रहेको जग्गामा व्यवस्थित रङ्गशाला बनाउनका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरेको हो ।
शिक्षामा समायोजन गर्न समिति
इलाम नगरपालिका, शिक्षा नियमावली, २०७४ अनुरुप शिक्षामा गुणस्तर अभिबृद्धि प्रयोजनार्थ समायोजनको कार्य गर्नका लागि एक महिना भित्रमा अध्ययन प्रतिवेदन तयार गर्नका लागि सामाजिक विकास समिति संयोजक सीता रिजालको संयोजकत्वमा वडाध्यक्ष रोमबहादुर लुङ्गेली, कार्यपालिका सदस्य श्यामकमल मुखिया, नगर शिक्षा समितिका सदस्य इन्द्र मुखिया र शिक्षा अधिकृत डम्बरबहादुर सुवेदी रहेको एक समिति गठन गर्ने निर्णय भएको छ । यसैगरी इलाम नगरपालिकाको चौथो नगर सभा आगामी २०७५ पौष ११ गतेदेखि शुरु गर्ने समेत निर्णय भएको छ ।