कोरियामा दुई नेपालीको निधन

  शंकर विस्वासी

 2727 पटक हेरिएको

दक्षिण कोरियाको राजधानीस्थित इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना नेपालीको निधन भएको छ ।खोटाङ घर भइ हाल बिराटनगरमा बसोबास गर्दै आएकि ५६ वर्षीय पोख्रेल को विमानस्थलमा रहेको प्रतिक्षालय भित्र हृदयघातका कारण निधन भएको पुष्टी भएको छ ।

छोरा र श्रीमान संगै अमेरिका हिडेका मृतकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट इन्छन विमानस्थलमा ट्रान्जिट परेको र उडान पर्खाइको क्रममा अचानक हृदयघात भएर निधन भएको हो ।

कार्यलय समय भन्दा ढिला भएको र कोरियाको लागी भिसा पनि नभएको कारण दुतावासका कर्मचारी र एन आर एन एको पहलमा परिवार सहित मृतकको लास विमानस्थल बाहिर निकालिएको एन आर एन ए कोरिया कि अध्यक्ष लक्ष्मी लामा गुरुङले बताएकी छिन ।

यस्तै चितवन घर भएका ५७ वर्षीय तामाङको पनि कोरीयामा नै निधन भएको छ ।कोरियामा रहेकी छोरीलाई भेट्न र घुम्न आएका तामाङ पनि यहीँ डिसेम्बर ४ तारिख घरजाने तयारिमा थिए । दुबै लासलाई नेपाल पठाउने पहल गर्दै गरेको अध्यक्ष गुरुङले बताएकी छिन । उता दूतावासले भने दुबै घटनाको कोरियाको सम्बन्धित निकायबाट आधिकारिक जानकारी प्राप्त भए पछि आवस्यक प्रक्रिया अघि बढाइने बताएको छ । पारिवारिक अनुरोधका कारण मृतक दुबैजनाको नाम गोप्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार