नेपाल स्काउट इलामको एकराते क्षेत्रीय क्याम्प शुक्रबारबाट नेपालटारमा शुरु भएको छ ।
क्याम्पमा ६ विद्यालयका २१६ स्काउट विद्यार्थी र १५ जना स्काउटरहरुको सहभागिता रहेको छ । विद्यार्थीहरु बीच मार्चपास, वक्तृत्वकला, चित्रकला, हस्तकला र नृत्य गरी पाँच विधामा प्रतियोगिता हुने बताइएको छ । शुक्रबार साँझ क्याम्प फायर गरिने र प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गर्दै क्याम्प शनिबार सम्पन्न हुने क्षेत्रीय संयोजक अर्जुन शर्माले जानकारी दिए ।
नेपालटार माविका प्रअ गोपाल कट्टेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, स्काउटका जिल्ला आयुक्त कृष्णकुमार घले, विद्यालयका अध्यक्ष पोटनाथ खनाल, इलाम नगरपालिका वडा नं. १ का अध्यक्ष अम्बिका गौतमले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्काउटका क्षेत्रीय संयोजक अर्जुन शर्माले स्काउट गतिविधिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्काउटका विभिन्न खेलका स्टलहरु पनि राखिएका छन् ।


641 पटक हेरिएको 






