कर्मचारी समायोजन चाँडो गर्न आवश्यक

  कोकिला ढकाल

 504 पटक हेरिएको

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारले जारी गर्ने भनेको कर्मचारी समायोजन ऐन २०७५ लाई चाँडो ल्याउन आवश्यक रहेको बताएका छन् । देश संघीय संरचनाका गएपछि वडा तहमै धेरै सेवा सुविधा पु¥याउने लक्ष्य लिएको सरकारले कर्मचारी अभावकै कारण सेवा प्रवाहको समस्या झेल्नु परेको भन्दै यो ऐन जारी गरेर चाँडो भन्दा चाँडो कर्मचारी समायोजन जरूरी रहेको बताए ।
राष्ट्र सेवक सहकारी संस्था इलामले गरेको आफ्नो १८ औं वार्षिक साधारण सभाका अवसरमा बोल्दै अध्यक्ष देवकोटाले उक्त ऐनले कर्मचारीका माग अनुसारको व्यवस्था गरेको बताउँदै भने – समायोजन ऐन २०७५ जारी भएपछि सबै तहमा कर्मचारी समायोजन हुनेछन्, सरकारले खटाएका स्थानमा हामी जाने छौं, यसमा कर्मचारीले पनि तलमाथि गर्न हुँदैन ।
विगतमा पनि प्रशासन र सरकार समेत चलाएका कर्मचारीलाई तल्लो तहमा गएपछि अवकास हुँदा वा सेवासुविधा लिंदा स्थानीय सरकारले त्यो सुविधा दिन नसक्ने होकि भन्ने त्रास रहेकाले पनि कर्मचारी तल्लो तहमा जान नमानेको देवकोटाले बताए । ‘अब कर्मचारीले झारो टार्ने काम गर्नुहुँदैन, देशमा स्थित सरकार भएको बेला राष्ट्र निर्माणमा लाग्नु कर्मचारीको पनि कतव्र्य हो ।’ देवकोटाले भने ‘ कर्मचारी समायोजन ऐन ल्याएर एउटा मापदण्डका आधारमा कर्मचारीलाई सेवामा खटाउन आवश्यक छ, विचार र आस्थाका आधारमा कर्मचारीलाई काख र पाखा गरिनु हुँदैन ।’
जनताबाट उठाएको रकम तलब खुवाएर राखेका कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कृत र दण्ड दुवै गर्नसक्नु पर्ने उनको धारणा थियो । अध्यक्ष देवकोटाले काम नगर्ने र काम विगार्ने कर्मचारीलाई कार्वाही गर्न कार्वाही सम्बन्धी कानून पनि आवश्यक रहेको बताए ।
कार्यक्रममा निजामति कर्मचारी संगठनका इलाम, ताप्लेजुङ इन्चार्ज जसबहादुर राईले खारेजीमा परेका कार्यालयका कतिपय कर्मचारीहरू अहिले पनि काम विहीन भएर बस्नु परेको अवस्था रहेको बताए ।
कार्यक्रममा निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुन्यप्रसाद ढकाल, जिल्ल समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद अधिकारीले करिब चार लाख ६६ हजार रूपैयाँ बराबरको संस्थाको आयव्यय र वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनले यसवर्ष राखेको चिट्ठा उपहारमा देशभरिबाट प्रथम पुरस्कार बिजेता इलामका सुबास राईलाई एक सय ५० सीसीको मोटरसाईकल प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार