
इलाम । सेन्चुरी कमर्सियल बैंकले इलाम नगरपालिका नम्बर ९ स्थित गोलाखर्क भञ्ज्याङ्गमा शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकको अभिकर्ता श्रेष्ठ इलेक्ट्रोनिक्स पसल (प्रोप्राइटर नर बहादुर श्रेष्ठ मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । शाखा रहित सेवा मार्फत गोलाखर्क भञ्ज्याङ्ग आसपास र साङ्गरुम्बा र सोयाकका बासिन्दा लाभान्वित हुने बैंकका इलाम शाखाका प्रबन्धक भेष राज खड्काले जानकारी दिए । शाखा रहित सेवा मार्फत सेवाग्राहिले खाता खाल्ने, नगद राख्ने निकाल्ने, रेमिटेन्स पठाउने, प्राप्त गर्ने सुबिधाहरु पाउने छन् ।


553 पटक हेरिएको 






