निर्मलाका दोसीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन

  सरलपाटी सम्वाददाता

 486 पटक हेरिएको


इलाम । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरमा बलत्कार पछि हत्या गरिएकी निर्मला पन्त प्रकरणका दोसीलाई कारवार्ही गर्नको लागि माग गर्दै इलाममा प्रदर्शन गरेको छ । पन्तको हत्या भएको लामो समय वित्दापनि हत्यारा पत्ता लाग्न नसक्दा सरकारको चौतर्फी विरोध भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीले आइतबार देशभर प्रदर्शन गरेको हो । इलामको ठूलो टुडिखेलबाट शुरु भएको ¥याली चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई जनपरिषद नेपालका सदस्य होम खतिवडामा सम्बोधन गरेका थिए । उनले पन्तका हत्यारालाई कारवाही गर्न माग गर्दै यतिलामो समयसम्म हत्यारा पक्राउ पर्न नसक्नु सरकारको नालायकी भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार