इलाम नगरपालिका वडा नं. ३ स्थित पुवामझुवा अधेरे गाउँमा शुक्रबार विहान नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
पुवामझुवा नन्दकुमारी सुनुवारको घर नजिकै शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शिशु फालेको आरोममा सुर्योदय नगरपालिका ९ फिक्कलकी २५ वर्षीया सावित्रा मुखियालाई प्रहरीले पक्राउ गरेको छ । पुवामझुवा साथीको घरमा गएको बेला मुखियालाई पक्राउ गरिएको हो । शिशुको शवपोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।