न्याय परिषदले भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । जाेशीकाे नाम सिफारिस गरिएपनि कैफियत महलमा यसअघि प्रधानन्यायाधीसमा अस्वीकृत भन्ने विवरण खुलाइएकाे छ ।
संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका तीन जना न्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भए पनि तीनवर्षे कार्यभार पूरा गरेका दुई जनाको मात्रै सिफारिस गरिएको हो।
न्याय परिषद्का सचिव नृपध्वज निरौलाले जोशी र शमशेरको नाम संवैधानिक परिषदमा पठाएका हुन् ।
जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय विशेष सुनुवाइ समितिले अस्वीकार गरेका व्यक्ति हुन् ।
हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकास पाउँदै छन् ।
संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै भावी प्रधानन्यायाधीको सिफारिस गर्नुपर्ने हुन्छ। प्रधानन्यायाधीश अवकास हुनुभन्दा पहिले नै विदामा बस्नुपर्ने प्रावधान रहेको छ ।
केही दिनमा संवैधानिक परिषदले प्रधानन्यायाधीशको टुंगो लगाउने छ। नयाँ पत्रिका


350 पटक हेरिएको 






