ज्येष्ठ नागरिकलाई देश दर्शन गराउँदै सूनपा

  सरलपाटी संवाददाता

 567 पटक हेरिएको

सूर्योदय नगरपालिकाले नगर क्षेत्रभित्रका ७० जना वृद्धवृद्धालाई देश दर्शन कार्यक्रम अन्तर्गत विभिन्न स्थानको भ्रमणमा लगेको छ । नगरका सबैजसो वडाका ६३ देखि ८६ वर्ष उमेर समुहका वृद्धवृद्धालाई सातदिने भ्रमणका लागि आइतबार पठाएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा ज्येष्ठ नागरिककालागि लक्षित समुह शिर्षकमा छुट्याएको पाँच लाख रूपैयाँले नगरपालिका भन्दा बाहिर नगएका वृद्धवृद्धालाई देश दर्शनमा पठाएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनु भयो । भ्रमणमा जाने वृद्धवृद्धालाई नगरप्रमुखले आफ्नै खर्चबाट खरिद गरेको एक–एक वटा दोसल्ला ओढाएर आइतबार विहान फूलमाला सहित विदाई गरेका छन् । नगर कार्यपालिकाका सदस्य, दुई जना स्वास्थ्यकर्मी सहित संयोजक देवेन्द्र शर्माको नेतृत्वमा गएको भ्रमण टोलीले जनकपुर, चितवन, लुम्बिनी, पोखरा, मनकामना, काठमाडौं र पाल्पा सम्मको भ्रमण गरेर फर्कने संयोजक शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार