इलाम।इलामबाट शान्तिडाँडा तर्फ जादै गर्दा इलाम नगरपालिका वडा नं. १ साखेजुङ्गमा साँझ ४ बजेर ४५ मिनेटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मे १ ज ८१८ नम्बरको सफारी ट्याक्सी मेची राजमार्गबाट छुट्टिएको कच्ची सडकमा दुर्घटना हुँदा इलाम नगरपालिका १ निवासी ५६ वर्षीय कैलाश गुरुङ्ग र सोही ठाउँका ३६ वर्षीय सुमन खनालको घटना स्थलमै मृत्यु भएको छ । चालक ३० वर्षीय रमेश गुरुङ्ग, सहचालक २० वर्षीय सुनिल गुरुङ्ग र तुलसीकुमार बस्नेत घाइते भएका छन् । चालक र सहचालक गम्भीर घाइते छन् । उनीहरुको इलाम अस्पतालमै उपचार भइरहेको छ ।
इलामबाट शान्तिडाँडाको वाफ्रुङ्ग जादै गरेको जीप सडकबाट एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।