मेची राजमार्गको मिल गोलाईमा दुर्घटना, दुईको मृत्यु, चार घाइते

  सरलपाटी सम्वाददाता

 1808 पटक हेरिएको

इलाम।इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको सफारी ट्याक्सी मेची राजमार्गको मिल गोलाईमा विहीबार साँझ दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । चालकसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका १ साखेजुङ्गमा भएको दुर्घटना भएको हो । सफारी जीप सडकभन्दा दुई सय मिटर तल झरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंक भट्टराईको नेतृत्वमा टोली घटनास्थल तर्फ गएको छ । मृतक र घाइतेको नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार