इलामको जमुनास्थित चोयाटार सामुदायिक वनमा पुनः विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा मृत अवस्थामा फेला परेको छ । रेडपाण्डालाई हिजो बिहान घाँस काट्ने व्यक्तिले चोयाटार सामुदायिक वनको तल्लो भागमा फेला परेको हो ।
स्थानीय सञ्चारकर्मी कुमार गुरुङ्गले रेडपाण्डा केही दिनअघिनै मरेको जस्तो देखिएको बताए । चोयाटार सामुदायिक वनका वन अधिकृत विशाल गुरुङका अनुसार रेडपाण्डाको शरीर हेर्दा चितुवाको आक्रमणबाट मारिएको हुन सक्ने बताए ।
रेडपाण्डालाई रेडपाण्डा नेटवर्क र सामुदायिक वनका कर्मचारीले संयुक्त रूपमा मुचुल्का गरेका छन् । केही समय अघि पनि कुकरले शिकार गरेर दुई वटा रेडपाण्डा मारेको थियो ।