नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अहिलेको सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचार न्युनिकरण, शान्ति सुरक्षा कायम, र दण्डहिनता अन्तको चहाना पुरा नगरेको बताएका छन् । जनतालाई समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर पानी जहाज र रेल ल्याउने सपनामात्रै बाँढेको आरोप लगाउँदै नेता कोइरालाले कम्युनिष्ट सरकारले जनताको थाप्लोमा ऋणको भारी बोकाउने मात्र काम गरेको बताए ।
कम्युनिष्टहरूले भनेको समाजवाद फरक भएको र त्यसका पछि लाग्नु नहुने भन्दै नेता कोइरालाले कांग्रेसमा पनि व्यक्तिवाद हावी भएकाले संगठन कमजोर भएको बताए । केन्द्रमा ठूला नेता लडाइं छ, नेता बीच सम्वाद टुटेको छ, त्यही कारणले कांग्रेस कमजोर भएको हो’ कोइरालाले भने ‘कांग्रेस थाम्ने भनेका गाउँका मान्छे हुन्, जस्ले कांग्रेसको झण्डालाई शिरानीमुनि राखेका छन् ।
नेता कोइरालाले आफू सक्किएं भनेर अरूलाई दोषदिनु भन्दा कांग्रेसभित्र हावी भएको व्यक्तिवादी चरित्र, जातियता र साम्प्रदायिकतालाई सच्याउन सक्नुपर्ने बताए । उनले गएको निर्वाचनमा एमाले र माओवादी मिलेर कांग्रेसले हारेको हो भन्न मिल्दैन, कांग्रेसको आफ्नो संगठन कमजोर भएकाले हार भएको हो, अब संगठन सुधार्न सबै लाग्नु पनेमा जोड दिए । नेता कोइरालाले विपी र गिरिजाले भनेजस्तो सहमतिको सरकारले जति काम यो दुईतिहाइ बहुमतको सरकारले गर्न नसक्ने दाबी गरे ।
माइ नगरपालिकाले निर्माण गरेको शलिकको अनावरणको अवसरमा कांग्रेसका प्रदेश– १ का मुख्य सचेतक तथा प्रदेश सांसद केदार कार्कीले वर्तमान सरकार दुईतिहाइको भएपनि उस्ले गरेका काम जनताका पक्षमा नभएको बताए । शान्ति सुरक्षा कायम राख्न नसक्नु, कर र मुल्य वृद्धिले जनताको ढाड सेक्ने काम गर्नुले वर्तमान सरकारको दिनगन्ती शुरू भएको मुख्य सचेतक कार्कीको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद केदार थापा, केन्द्रीय सदस्य सुजता परियार, इलाम जिल्ला सभापति हिमालय कर्मचार्यलगायतले मन्तव्य राखेका थिए ।


537 पटक हेरिएको 






