यस्तो छ, माइभ्याली फुटबलको आम्दानी र खर्च

  सरलपाटी सम्वाददाता

 814 पटक हेरिएको

माइभ्याली फुटबल क्लब इलामले चौथो संस्करणको माइभ्याली गोल्ड कपको आय व्यय बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबले खेलमैदान तयारी, खेल आयोजना र पूर्व तयारीका लागि भएको खर्च र आम्दानी सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष २०७४।०७५ र चौथो संस्करणको प्रतियोगिताको आम्दानी र खर्च ८२ लाख २२ हजार तीन सय भएको क्लवका कोषाध्यक्ष कमल सुवेदीले बताए । यस मध्ये एक लाख ९९ हजार बैंक मौज्दात रहेको पनि उनले बताए । दाता र प्रायोजकहरुबाट रकम प्राप्त भएमा क्लबको जम्मा वचत १४ लाख ३१ हजार ७ सय ६१ रुपैँया रहने र त्यसमा तीन लाख ५३ हजार १६५ भुक्तानी गर्न बाँकी रहेको पनि कोषाध्यक्ष सुवेदीले जानकारी गराए ।
गत चैतमा आयोजना गरिएको माइभ्याली फुटबल क्लबको चौथो संस्करणमा नोक्सान भएको आयोजकले जनाएको छ । आगामी पाचौं संस्करण भने फागुनको अन्तिम सातादेखि शुरु गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । उनले माइभ्याली फुटबल क्लवले खेलमैदान मर्मतमा एकलौटी भुमिका खेल्नु परेकाले प्रशिक्षणमा लगानी गर्न नपाएको पनि उनले बताए । टुँडिखेल मर्मतमा स्थानीय तहहरुले चासो नदिएको समेत क्लवका अध्यक्ष चेम्जोङले बताए ।
विहीबारनै क्लबको चौथो साधारणसभा पनि सम्पन्न भएको छ । सभामा क्लबका सचिव दिनेश काफ्लेले प्रगति विवरण सुनाएका थिए ।
इलाममा आयो शव वाहन

माइभ्याली फुटबल क्लबले विहीबारदेखि इलाममा शव वाहन सेवा शुरु गरेको छ ।
सुर्योदय नगरपालिकाका समाजसेवी तारा र रोजु सापकोटाले माइभ्याली फूटबल क्लबलकई दिएको एम्बुलेन्सलाई क्लबले शव वाहनको रुपमा संचालनमा ल्याएको हो । मानिसहरुको मृत्यू हुँदा अन्य गाडीहरुले शव बोक्न नमाने भएकाले क्लबले एम्बुलेन्सलाई शव वाहनमा परिणत गरी सेवा दिन शुरु गरेको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । शव वहानका लागि संचिन भक्तराजलाई ९८४१६६०४७२ मा सम्पर्क गर्न सकिने पनि क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार