धर्मगुरु फाल्गुनन्दकाे विशाल शालिक अनावरण हुँदै

  सरलपाटी संवाददाता

 622 पटक हेरिएको

धर्मगुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीको उपलक्ष्यमा आज पाँचथर सदरमुकाम फिदिममा फाल्गुनन्दको विशाल शालिकको अनावरण गरिँदैछ ।
सो कार्यक्रममा भाग लिन काठमाडौँबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल फिदिम आउने जनाइएकाे छ ।
अनावरण कार्यक्रममा इलामको लारुम्बास्थित माङ्हिमबाट धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङ साँवा लिङ्देन जानुहुने उहाँहरुका निकटस्थ खगेन्द्र लिङ्देनले जानकारी दिए ।
किरात समुदायमा धर्म र संस्कृतिको ज्ञान दिनुहुने महागुरु फाल्गुनन्दको योगदानलाई सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरुले उचित महत्व प्रदान गर्नुपर्ने आदिवासी जनजाति पत्रकार महासङ्घ १ नं प्रदेशका संयोजक दिपीन राई बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार